जाजरकोट केन्द्रविन्दु भएर भूकम्प


काठमाडौँ।

जाजरकोटमा भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३२ मिनेटमा जिल्लाको पैंक केन्द्रबिन्दु भएर ४ दशमवल १ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पबारे क्षतिको तत्काल कुनै रिपोर्ट भने प्राप्त भएको छैन ।

यसअघि गत चैत २२ गते सोही स्थानमा केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।