काठमाडौँ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ। सोमबार बेलुकी पौनै ७ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेपछि त्यही ठाउँमा बस्ने २१ वर्षका शिवकुमार मेहता र २७ वर्षका रविनकुमार यादव घाइते भएका छन्। घटनास्थलमा ३ राउन्ड गोली प्रहार भएको थियो।
मेहताको पेट र यादवको नाकमा गोली लागेको बताइएको छ।
गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसेकेको र घटनास्थलमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया