७ जना नेताहरुलाई ‘कम्युनिष्ट योद्धा’का रुपमा सम्मान गर्ने एमालेको निर्णय


काठमाडौँ।

सत्तारुढ दल नेकपा एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७६ औं वर्षगाँठ मनाउने भएको छ। सोमबार बसेको नेकपा एमाले सचिवालय बैठकले वैशाख ९ गते स्थापना दिवस मनाउने र ७ जना नेताहरुलाई कम्युनिष्ट योद्धाका रुपमा सम्मान गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जनाकारी दिए।

सम्मानित हुनेहरुमा कञ्चनपुरका लालाबहादु विश्वकर्मा, जारकोटका रत्न शार्मा न्यौपाने, दाङका सोभाराम बस्नेत दाङ, गोरखाका वासस्पति देवकोटा, काठमाडौँकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटी रहेका छन्।