फेरियो…

6.67k
Shares

ओहो ! बर्ष त फेरिए छ त।

यद्यपि नयाँ आशा छ,नयाँ सुरुवत छ।।

नयाँ बर्ष को धेरै धेरै सुभकमना।

पूरा हुन मन का हरेक इच्छा अनि चाहाना।।

पुराना दु:ख, पिडा बिर्सेर।

रमाइउ आज नयाँ आशा र उम्मीद लिएर।।

हरेक चुनौती सामना गर्न सक्ने शक्ति मिलोस।

हर्ष र उल्लासले भरिपुर्ण होस।

यो यात्रा सजिलो भने छैन।

तर संघर्षको मार्गमा हिम्मत गुमाएको छैन।।

उहीँ भाग दौड ।

उही मलिन अनुहार।।

थाह छैन के ?

तर पाउने आसमा भौतरी रहेका।

दोधारै दोधार मा अल्मली रहेका।।

बर्ष सकिए पनि आस नसकियोस।

आफू प्रतिको बिश्वास नसकियोस।।

यहि सोचेर सक्किदैछ जिन्दगी भनौ या वर्ष।

आज नभय भोलि छाउला कि मनमा हर्ष !!

वर्ष सँगै सकियका कति सबन्धहरु।

भित्तेपात्रोका पान्ना सरि फेरिएका आफ्नाहरु।।

आशा छ,यो वर्षमा भेटिएका हरु नछुटुन।

आफ्ना भनिएका हरु रङ्ग नफेरुन।।

साल त फेरियो तर हाल उस्तै छ।

सफलता कै पछि दौडिनु पर्ने चहल उस्तै छ।।

सपना र बास्तबिकता बिच दुरि गहिरो छ।

चुनौतीहरु बिच पनि जीवन रमाइलो छ।।

बितेका बर्षले ठुलो पाठ सिकायो।

यति मात्र हो र एक्लै बाच्न सिकायो।।

एक्लै हाँस्न, रमाउन सिकायो।

आफ्नो आँसु आफै पुछन सिकायो।।

स्वार्थी बन्न सिकायो।

आफ्नोपन सिकायो।।

आफ्नो पराई चिनायो।

सहि गलत सिकायो।।

दु:ख-सुख सिकायो।

हारेर उठ्न सिकायो।।

धैर्यता सिकायो।।

सम्झौता सिकायो।

दुनियाँ चिन्न सिकायो।।