साम्य भयो वीरगञ्जको समस्या

1.69k
Shares

वीरगन्ज ।

वीरगञ्जमा हनुमान जयन्तीको शोभा यात्राका क्रममा उत्पन्न भएको विवादलाई साम्य पार्न आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे महत्वपूर्ण सहमति जुटाएको छ ।

दिनभरको सकारात्मक छलफलपछि भएको यो सहमतिले वीरगञ्जमा देखिएको तनावलाई शान्तिमा परिणत गर्ने बलियो आधार खडा गरेको छ । बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी भई दोषीमाथि कारबाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन् ।

बैठकले दोषीमाथि कारबाही ः हनुमान जयन्तीका दिन (चैत ३० गते) शोभायात्रामा भएको अप्रिय घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही गरिने, सद्भाव र सहिष्णुता कायम सबै पक्षले आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

साथै, अनुसन्धान तथा कानुनी प्रक्रियामा पूर्ण सहयोग पु¥याइने, घाइतेको उपचार र क्षतिपूर्ति ः घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिनेछ । साथै, घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गरिने, हतियार प्रदर्शन निषेध ः धार्मिक, सांस्कृतिक र जातीय कार्यक्रममा हतियार प्रदर्शन पूर्णतः निषेध गरिएको छ ।