टी-२०आई सिरिज : कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य


काठमाडौं ।

हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ।

कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको हो। कुवेतका रविजा सन्दारुवानले सर्वाधिक ६३ बनाए। नेपालका नन्दन यादव र सोमपाल कामीले २र२ विकेट लिए। त्यस्तै करण केसी र कुशल भुर्तेलले १र१ विकेट लिए।

कुवेतले पावर प्लेमा १ विकेटको क्षतिमा ७१ रन जोडेको भए पनि पछिल्लो ओभरमा नेपालले राम्रो पुनरागमन गर्दै १७४ रनमा रोक्न सफल भएको हो।

यसअघि नेपालले कुवेतले दिएको १८६ रनको लक्ष्य पूरा गरेको थियो।