काठमाडौं ।
नयाँ वर्ष २०८२ को महिलो महिना वैशाखका लागि वाणिज्य बैंकहरूले ब्याजदर सार्वजनिक गरेका छन् ।
प्रकाशित विवरण अनुसार २० वाणिज्य बैंकहरूमध्ये ३ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा दिइने अधिकतम ब्याजदर घटाएका छन् भने एउटा बैंकले उक्त दर बढाएको छ । बाँकी १६ बैंकले चैत महिनाकै ब्याजदरलाई यथावत राखेका छन् ।
व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक परेका छन् । ती बैंकहरूले क्रमशः ०.०९, ०।१ र ०.३५ प्रतिशतविन्दु ब्याजदर घटाएका हुन् । त्यस्तै, एभरेष्ट बैंकले मात्रै वैशाख महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा दिइने अधिकतम ब्याजदर ०।६१ प्रतिशत विन्दुले बढाएको छ।
यस अवधिमा अन्य १६ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । समग्रमा हेर्दा व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.००३५ प्रतिशतविन्दुले बढेको देखिन्छ।
संस्थागत मुद्दति निक्षेपतर्फ भने स्थिति केही फरक देखिएको छ ।
चैत महिनाको तुलनामा वैशाखमा यस्तो निक्षेपमा दिइने ब्याजदर औसतमा ०।०६४ प्रतिशतविन्दुले घटेको छ। यसमा ८ वटा बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंकले संस्थागत मुद्दति निक्षेपमा समेत ब्याजदर बढाएको देखिएको छ ।
वैशाख महिनामा एभरेष्ट बैंकले मात्रै निक्षेपकर्तालाई दिने ब्याजदरमा वृद्धि गरेको छ ।
सानिमा, कुमारी र नेपाल बैंक भने ब्याजदर घटाएका छन् । हाल बैंकिङ प्रणालीमा उच्च तरलता रहे पनि कर्जाको मागमा खासै वृद्धि देखिएको छैन। यसै कारण ब्याजदर न्यून बिन्दुमा कायम छ। लगानीकर्ताहरूका लागि यो अवस्था उपयुक्त अवसर हुनसक्छ ।
तर, त्यसको सदुपयोग हुन नसकेको बैंकरहरूको भनाइ छ । ब्याजदर स्थिरता र गिरावटको यो प्रवृत्तिले आगामी महिनाहरूमा बैंकिङ क्षेत्रमा अझ प्रतिस्पर्धात्मक अवस्था सिर्जना गर्ने अनुमान गरिएको छ।
प्रतिक्रिया