काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले (माध्यामिक शिक्षा परीक्षा) एसईईको उत्तरपुस्तिका परीक्षण गर्न र कक्षा १२ को परीक्षालाई अवरोध नपु¥याउन अपिल गरेको छ । विद्यार्थीको जीवनको महत्वपूर्ण समयलाई ध्यान दिँदै परीक्षा र उत्तरपुस्तिका परीक्षणमा संलग्न हुन बोर्डले नेपाल शिक्षक महासंघलाई अपिल गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले अपिल जारी गर्दै विद्यार्थीको नतिजा प्रकाशनमा एक दिन मात्रको ढिलाइले उनीहरूको जीवनको महत्वपूर्ण अवसर गुम्न सक्ने बताउनुभएको छ । अपिलमा भनिएको छ– ‘उत्तरपुस्तिका परीक्षणजस्ता कार्य विज्ञ शिक्षकबाहेक अरूबाट हुन सक्दैन । यसका लागि बोर्डले शिक्षकहरूकै सल्लाह र सुझावमा नतिजा प्रकाशनको कार्यतालिकासहित कार्ययोजना बनाई काम शुरू गरिरहेको छ ।’
उत्तरपुस्तिका परीक्षणमा हुने ढिलाइले विद्यार्थीले नतिजा प्राप्तिपछि पाउने अवसरमा प्रत्यक्ष असर पर्ने संवेदनशील पक्षमा शिक्षक जानकार रहेको विश्वास गर्दै आफ्ना माग तथा अधिकारसँगै विद्यार्थीको भविष्यलाई समेत दृष्टिगत गर्न अपिलमा अनुरोध गरिएको छ ।
प्रतिक्रिया