चैत्र ३१ गते आइतबार, यस्ताे छ तपाईँकाे राशिफल


मेष: शुभ दिन भएकाले धन लाभ, शत्रु विजय, खेल–परीक्षामा सफलता हुने देखिन्छ ।

वृष: बिहान शुभ देखिँदैन । त्यसपछि भने द्रव्य लाभ, सफलता प्राप्ति हुने सम्भावना छ ।

मिथुन: दिन अनुकूल छैन । अस्तव्यस्त, कार्य असफल, सन्तान कष्ट, क्षति हुन सक्छ ।

कर्कट: बिहान लाभ हुने सम्भावना छ । त्यसपछि भने अपच, असफलता, चिन्ता हुन सक्छ ।

सिंह: बिहान समय अनुकूल छैन । त्यसपछि भने द्रव्य लाभ, मान–सम्मानको सम्भावना छ ।

कन्या: बिहान लाभ तर त्यसपछि मानसिक चिन्ता, काममा झमेला हुने सम्भावना छ ।

तुला: शुरुमा अस्वस्थता भए पनि धन प्राप्ति, कार्य सफल, साथीभाइसँग भेटघाट हुने देखिन्छ ।

वृश्चिक: बिहान समय शुभ छ । त्यसपछि चोटपटकको सम्भावना भएकाले सजग रहनुहोला ।

धनु: समय शुभ फलदायक छ । कार्य सिद्धि, अन्नलाभ, विविध वस्तु वा सेवा प्राप्ति हुने देखिन्छ ।

मकर: शुरुमा राज्य पक्षबाट भय तर त्यसपछि भने कार्य सफल, सुख–सन्तोष हुने देखिन्छ ।

कुम्भ: दिन अनुकूल छैन । रोगको भय, धन हानि, राज्यबाट त्रास, प्रतिष्ठामा धक्का हुन सक्छ ।

मीन: पूर्वाह्न धन लाभ हुन सक्छ । त्यसपछिको समय प्रतिकूल छ, अस्वस्थता हुने सम्भावना छ ।