काठमाडौं
भक्तपुरको पेप्सीकोला,दिबेश्वरी टाउन प्लानिङ्गमा आधुनिक लाउन्ज चैत्र ३१ गते देखि सञ्चालनमा आउने भएको छ । यसमा लाइभ कन्सर्ट हुने लगायत रेस्टुरेन्ट,बार र क्लबमा हुने डान्सिङ फ्लोर समेत को सुविधा रहेको बढीमा ५००० जना एकै साथ सहभागी हुने क्षमता भएको लाउन्ज नयाँ बर्षको सुरुवात सँगै सञ्चालनमा आउने भएको छ ।
चैत्र ३१ गते देखि २०८१ लाई विदाई गर्दै नयाँ बर्षको सुरुवात गर्न राजु लामा सहितको टीम मंगोलियन हर्टले लाइभ कन्सर्ट हुँदै छ । साथै १ गते देखि विभिन्न बैन्डहरुको लाइभ प्रोग्राम हुने जनाइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्ने गरी लाउन्ज सञ्चालनमा ल्याइएको जनाइएको छ ।
आधुनिक डिजाइनमा निर्माण भएको लाउन्जमा प्रयाप्त पार्किङ, रेस्टुरेन्ट,बार र डान्सिङहलको सुविधा उपलब्ध छ । यस लाउन्ज मा एकै साथ ६५० जना बस्न मिल्ने र बढीमा ५००० जना डान्सिङ फ्लोर ,लाइभ कन्सर्ट र अन्य कार्यक्रममा सहभागी हुन सक्ने जनाइएको छ ।
प्रतिक्रिया