वीरगञ्जमा भएकाे तनावग्रस्त नियन्त्रणमा ल्याउने प्रयास जारी 


पर्सा ।

हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप, केही पसल र मोटरसाइकलमा आगजनी भएको छ ।

हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो ।

झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। हिन्दु धर्मालम्बी र मुस्लिम समुदायका बिचमा यो झडप भएको प्रारम्भिक रूपमा बुझिएको छ ।

प्रहरीले स्थीति नियन्त्रणमा ल्याउने प्रयास जारी राखेको छ । विस्तृत विवरण आउन बाँकी छ ।