कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा शुभकामना तथा क्यालेन्डर वितरण


काठमाडौैं । 

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाले नव वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रो वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

काठमाडौँ महानगरपालिका १४ का अध्यक्ष सुभन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरूले आगामी वर्ष नेपाल र नेपालीका लागि उत्साहप्रद हुने विचार व्यक्त गरेका थिए । 

समाजका अध्यक्ष लक्ष्मण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्य न्याधिवक्ता ओम थपलिया, संस्थाका उपाध्यक्ष लक्ष्मण रायमाझी ,अमरसिंह थापा लगायतले यस्ता खाले कार्यक्रमले समाजलाई एकताबद्ध बनाइराख्ने बताएका थिए ।