काठमाडौं ।
पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो । उक्त क्षेत्रमा झडपको अवस्था उत्पन्न भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
केही पसलहरूमा आगजनी समेत गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
प्रतिक्रिया