काठमाडौं
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा, घारीपाटनमा रहेको हिमालय आँखा अस्पताललाई १० वटा वेटिङ कुर्सी सहयोग गरेको छ । एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले ती कुर्सी अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
उनले यो सहयोगले अस्पतालमा उपचारका लागि आउने बिरामी र पाहुनालाई बस्न सजिलो हुने विश्वास व्यक्त गरेका छन् । पोखरेलले स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा आफू खुसी लागेको बताए। साथै, उनले बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, संस्कृति र समाजसेवा जस्ता क्षेत्रमा सहयोग गर्दै जाने योजना रहेको जानकारी दिए ।











प्रतिक्रिया