त्रासमा मेयर वालेन्द्र : नौ दिनपछि सुटुक्क कार्यालय आए, सिसिटिभी जडान गर्न लगाएर गए

190.91k
Shares

काठमाडौं ।

 काठमाडौं महानगरपालिकामा नआएका मेयर वालेन्द्र साह आज कार्यालय प्रवेश गरेका छन् । कार्यालय प्रवेश गर्नासाथ उनले सिसिटिभी हटाएको विषयमा प्रश्न उठाउदै पुनः जडान गर्न निर्देशन दिएका थिए । लगत्तै महानगरको सूचना शाखाका कर्मचारीले हिजो निकालेका सिसिटिभी जडान गरेका थिए । 

  मेयर साहले आफ्नो कार्यकक्ष र क्याबिन,सचिवालयलका सदस्यको कोठाभित्र जडान नगरी प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखको कोठमा  जडान गरेका थिए । 

  आज बिहान कार्यालय प्रवेश गर्नासाथ हटाइएका ४ वटा सिसिटिभी जडान गर्न लगाएका थिए । उच्चस्रोतका अनुसार मेयर साहले  प्रमुख प्रशासकीय अधिकृत नभएको मौका छोपेर सिसिटिभी जडान गर्न लगाएका थिए । आउनासाथ मेयर साहले स्वकीयसचिव भूपदेव शाहमार्फत सिसिटिभी जोड्न लगाएका थिए ।

 सिसिटिभी कस्ले हटाउन लगायो? भन्ने प्रश्न गर्दै तत्काल जोडन निर्देशन दिएका थिए । कर्मचारीले मेयर साहको स्वकीयसचिव शाह र कामुप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई हदैसम्मको कारबाही गर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईलाई ज्ञापनपत्र बुझाएको केही समयपछि कार्यालय आएका मेयर साहले बुधवार हटाइएको सिसिटिभी  २४ घण्टाबित्न नपाउँदै जोड्न निर्देशन दिएका थिए ।

शान्ति सुरक्षाको लागि प्यासेज, पार्किङक,भ¥याङमा लगायतका स्थानमामात्र सिसिटिभी राख्ने व्यवस्थाछ र तर मेयर साहले प्रमुख प्रशासकीय अधिकृत , प्रशासन विभाग लगायत अनावश्यक स्थानमा पनि जोड्न लगाएका थिए । 

  कामपाका प्रवक्ता नविन मानन्धरले मेयरसाहले आफ्नो क्याबिनमा नराखेर विभागीय प्रमुखलाई दुःख दिन सिसिटिभी राख्न लगाएको आरोप लगाए । भने–उहाँ चाही क्याबिनभित्र बसेर मनपरी गर्न हुने, अनि विभागीय प्रमुखको कोठामा सिसिटिभी राखेर नियन्त्रण गर्न खोज्नु गलत मनसाय हो । उनले  सो विषयमा भोली छलफल गरी निर्णय गरिने जानकारी दिए ।

भने–बुधवार हटाइएको थियो । बिहीबार पुन राखेको सुनेको छु । मेयर साहले कार्यालय प्रवेश गर्नासाथ मनपरी निर्णय गरे सबै कार्यपालिकाका सदस्यले सोही अनुसार प्रकृया थाल्ने बताए ।  कामपाका कर्मचारीले मेयर साहको लागिमात्रै बनाएरको लिफ्टसमेत हटाउनुपर्ने बताएका छन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार बिदा हुन लागेको बेला उनकै निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको गोप्य कार्यकक्षमा सिसिटिभी जडान भएको थियो ।  

मेयर  साहले ती सिसिटिभीमा भएका गतिविधि अनुगमन गर्दैनन्, मेयरका स्वकीय सचिव भूपदेव शाह, सुनिल लम्साल, सुदीप ढकाल, शैलेन्द्र झा लगायतका टीमले अनुगमन गरी विभागीय प्रमुखलाई थर्काउने गरेका थिए । ६ महिनाअघि २२ वटा सिसिटिभी जडान गरेको थियो । उक्त सिसिटिभीले सबै विभागीय प्रमुखको कार्यकक्षमा भएको गतिविधि निगरानी गर्ने गरेको छ । 

‘बोलेको समेत रेकर्ड राख्ने व्यवस्था गर्न लागिएको थियो, विरोध भएपछि बोलेको बाहेक अन्य रेकर्ड राख्ने व्यवस्था छ–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो । सो सिसिटिभीको रेकर्ड ३० दिनसम्म रहनेछ । सिसिटिभीमा देखिएको दृष्यको आधारमा सचिवालयबाट सोध्ने कामसमेत भएको स्रोतको भनाई छ ।  मेयर साह र उनको सचिवालयले कर्मचारीलाई निगरानी गर्न सिसिटिभी राखेको बताएका छन् । सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि  २०७२ अनुसार सिसिटिभी जडान र अनुगमन गर्ने व्यवस्था छ । 

सो व्यवस्थाको बर्खिलाफमा कर्मचारीलाई गाली गलौज गर्न सिसिटिभीको प्रयोग भइरहेको स्रोतको भनाई छ ।

यस्तो छ सिसिटिभी जडान र अनुगमन गर्ने व्यवस्था