काठमाडौं
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनिले चैत २७ गते प्रति शेयर अंकित मूल्य १०० कायम भएको ७५ लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरण गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि एनआइएमवि एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
जसअनुसार सर्वसाधारण लगानीकर्ता शेयरधनीहरू (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरू समेत) लाई २२ लाख ५० हजार कित्ता (३० प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ५२ लाख ५० हजार कित्ता (७० प्रतिशत) गरी कुल ७५ लाख कित्ता (१०० प्रतिशत) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८१÷१२÷२६ गतेको निर्णयानुसार सूचीकरण गरिएको छ ।
जानकारीका लागि, धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनदेखि कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुनेछ। कम्पनीको प्रधान कार्यालय वीरेन्द्रनगर ६, सुर्खेतमा अवस्थित छ भने सूचीकरणपश्चात् प्रदान गरिने चुक्ता सेवा हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंबाट उपलब्ध हुनेछ ।











प्रतिक्रिया