बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक


काठमाडौँ
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ‘खुसीको मिटर’ अभियान सार्वजनिक गरेको छ । यो अभियानले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत१ लाख रुपियाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् ।

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ ।

अभियानको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि सोरूममा नै खेल्न पाउनेछन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको “खुसीको मिटर” रोकेर १ लाख रुपियाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् ।