काठमाडौँ।
विद्यालय शिक्षा ऐन जारी गर्नु पर्नेलगायत माग राखेर आन्दोलनमा उत्रिएका शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा ३ वटै लेन कब्जा गर्न खोजेपछि प्रहरीसँग विवाद भएको हो ।
विवादपछि केही बेर शिक्षक र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो ।
सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित एक साता बढी समयदेखि शिक्षकहरू आन्दोलनमा छन् । शैक्षिक हडताल घोषणा गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई सरकारले वार्तामा बोलाए पनि उनीहरू गएका छैनन् ।
महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा उनीहरू आन्दोलनमा उत्रिएका हुन ।
आज सरकारसंग उनीहरुको निर्णायक भनिएको वार्ता पनि छ।











प्रतिक्रिया