चैत्र २८ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल


मेष: दिन धेरै अनुकूल छ । कार्य सिद्धि, द्रव्य लाभ, विजय, गरेको काममा सफलता होला ।

वृष: दिनभर तनाव, दौडधूप हुन सक्छ । बेलुकीपख भने सुख–सन्तोष, कार्य सिद्धि होला ।

मिथुन: धनप्राप्ति, प्रतिष्ठा बढ्ने देखिन्छ । बेलुकीपख भने विवादमा नफसिएला भन्न सकिन्न ।

कर्कट: दिनभर तनाव, अस्थिरता हुन सक्छ तर बेलुकीपख भने द्रव्य लाभ, उन्नति हुने देखिन्छ ।

सिंह: विविध सेवा वा वस्तु प्राप्ति होला । बेलुका भने खर्च, धन हानि हुन सक्ने देखिन्छ ।

कन्या: नोक्सानी हुने डर हुन्छ । बेलुका हुन लागेपछि भने लाभ, सफलता हुने सम्भावना छ ।

तुला: पूर्वाह्न मिष्ठान्न भोजन, परिवार–सुख हुनेछ भने बेलुका धन नाश, तनाव हुन सक्छ ।

वृश्चिक: समय बलवान् छ । रोगव्याधि हरण, स्फूर्ति बढ्ने, इष्टमित्रसँग भेटघाट, धन लाभ होला ।

धनु: तपाईंका लागि दिन शुभ छ । मान–सम्मान, राजनीतिक सफलता, उपहार प्राप्ति हुन सक्छ ।

मकर: पूर्वाह्न कार्य असफल भए पनि बेलुकीपख भने राज्य–सुख, प्रतिष्ठा वृद्धि हुने देखिन्छ ।

कुम्भ: आइपरेका समस्या सुल्झने र सम्मान बढ्ने होला । बेलुका भने दुःख–कष्ट आइलाग्न सक्छ ।

मीन: समय उत्तम छ । परीक्षा, खेलकुद, मुद्दामामिला आदिमा विजय, प्रतिष्ठामा वृद्धि हुने देखिन्छ ।