सूर्यज्योति लाइफले इ-कर्जा र डिजिटल कार्ड सेवा सुरु


काठमाडाैं ।

सूर्यज्योति लाइफ इन्स्युरेन्स कम्पनीले बीमित तथा अभिकर्ताहरूका लागि इ–कर्जा र ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ सेवा सुरु गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले एक औपचारिक कार्यक्रममार्फत उक्त सेवाहरूको घोषणा गर्दै कम्पनीले नवीनतम प्रविधिमा आधारित सेवा प्रवाहमा निरन्तर सुधार गर्दै आएको बताए ।

यी दुवै भ्यालु एडेड सर्भिसको कार्यक्रमका प्रमुख अथिति नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले उद्घाटन गरेका हुन् ।

कम्पनीले बीमितहरूलाई सहज र छिटो कर्जा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन माध्यमबाट इ–कर्जा सेवा सुरु गरेको हो । बीमालेख जारी भएको ३ वर्ष पूरा भई सो अवधिको बीमाशुल्क भुक्तानी गरेको अवस्थामा बीमितले आफ्नो नगद मूल्यको ९० प्रतिशतसम्मको कर्जा लिन सक्ने सुविधा प्रदान गरिएको छ ।

खल्ती वालेटमार्फत एक क्लिकमा रियल टाइममा अधिकतम ५० हजार रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ मार्फत कम्पनीले आफ्नो मोबाइल एप प्रयोगकर्ताहरूलाई अस्पताल, हेल्थ ल्याब, होटल, शैक्षिक संस्था र डिपार्टमेन्ट स्टोरहरूमा विशेष छुट र सेवा दिने योजना अघि सारेको छ। तोकिएका मापदण्ड पूरा गरेका बीमित र अभिकर्ताहरूलाई मात्र यो कार्ड प्रदान गरिनेछ ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदीले डिजिटल सेवामा सूर्यज्योतिको प्रवेशलाई प्रशंसनीय कदम बताएका छन् । अध्यक्ष शरद ओझाले फिंगरटिपबाट लोन लिन सकिने सुविधा बीमितका लागि उपयोगी भएको बताए । उनले बीमा क्षेत्रको डिजिटलिकरणतर्फको यो पहलले ग्राहकको विश्वास अझ सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

सूर्यज्योति लाइफका अध्यक्ष केशब प्रसाद भट्टराईले बीमा प्राधिकरणले गरेको प्रतिबद्धताले अझ जिम्मेवार र उत्साहित भएको बताए।हामि अग्रणी हुन चाहान्छौं जीवन बीमा क्षेत्रमा नयाँ नयाँ प्रबिधिमैत्री सेवाहरु ल्याउदै जाने र परिमार्जित र परिस्कृत ढंगले अघि बढ्दै जाने भन्दै कार्यक्रममा उपस्थित कम्पनीका कर्मचारी, संचालक, अभिकर्ता, साझेदार संस्था, नियमनकारी निकायका पदाधिकारीहरु, संचारकर्मी लगाएत सम्पूर्णलाई धन्यबाद दिदै कृतज्ञता व्यक्त गरे ।

हाल सूर्यज्योति लाइफ इन्स्योरेन्सको हाल चु्क्ता पूँजी रु५०१ करोड, कुल लगानी रु ४,३६० करोड, जीवन बीमा कोष रु।३८०३ करोड, जारी बीमालेख संख्या ३२ लाख २३ हजार ९६१, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार १०० र देश भर रहेका १७४ शाखा संजाल द्वारा सेवा प्रदान गरी रहेको छ ।

बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो ISO 9001-2015 प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी बन्न पनि सफल भएको छ ।