काठमाडौं ।
लण्डनस्थित युनिभर्सिटी अफ हडर्सफिल्डसँग भएको साझेदारीसँगै स्टडी ग्रुपका सिइओ इयान क्राइटनले नेपाल भ्रमण गरेका छन् ।
उनले आफ्नो भ्रमणले विश्वकै उत्कृष्ट विद्यार्थी शहर लण्डनमा नेपाली विद्यार्थीका लागि शैक्षिक अवसर विस्तार गर्ने स्टडी ग्रुपको प्रतिबद्धता थप सशक्त बनेको बताए । युनिभर्सिटी अफ हडर्सफिल्ड आफ्नो विस्तृत पाठ्यक्रम र विद्यार्थीलाई प्रदान गरिने उच्चस्तरीय सहयोगका लागि प्रसिद्ध छ ।
नेपाली विद्यार्थीलाई उत्कृष्ट शिक्षा, सहयोग, मार्गदर्शन र अन्य अन्तर्राष्ट्रिय स्रोतहरू उपलब्ध गराउन तयार रहेको स्टडी ग्रुपले जनाएको छ । जसले विश्वव्यापी शिक्षा हासिल गर्न सहयोग गर्ने ग्रुपको विश्वास छ । नयाँ अवसरमा व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार, कम्प्युटिङ, मार्केटिङजस्ता मास्टर कार्यक्रम समावेश हुनेछन् । कार्यक्रममा लण्डनको शैक्षिक केन्द्रमा विकास भइरहेको युनिभर्सिटी अफ हडर्सफिल्डको नयाँ क्याम्पसबारे छलफल गरिएको थियो ।
जसबाट विद्यार्थीलाई रोजगारमुखी वातावरणमा सिक्ने अवसर प्राप्त हुने सिइओ क्राइटनले बताए। अन्तर्राष्ट्रिय शिक्षाले विद्यार्थीको जीवनमा पार्ने रूपान्तरणकारी प्रभावले स्टडी ग्रुपलाई निरन्तर प्रेरित गरिरहेको उनको भनाइ थियो । विद्यार्थीहरूलाई रोजगारमुखी वातावरणमा सिक्ने अवसर प्राप्त हुने उल्लेख गर्दै उनले विद्यार्थीरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सहयोग गर्ने बताए। साथै सही विद्यार्थीहरूले सही पाठ्यक्रम र सही विश्वविद्यालय चयन गर्नु नै उनीहरूको शैक्षिक र व्यावसायिक सफलताका लागि अत्यन्त महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
प्रतिक्रिया