अहिलेको अवस्थालाई हेर्दा लोभ, घमण्ड, कलह तथा अझै चाकडी प्रथाले गर्दा मुलुक पछि परेको छ । त्यसमाथि नेपालीहरुको राम्रो दिन नआउनु नै हाम्रो दुर्भाग्य हो । तैपनि आत्तिनुपर्ने कुनै कुरा छैन । कारण समय नै एउटा यस्तो सूत्र हो, जसले सब समस्याको हल गर्दै जान्छ । चाहे त्यो व्यक्तिको होस्, चाहे देशको । सिर्फ हामी बदलिन सक्नुप¥यो ।
अहिले देशमा स्थिर सरकार नहुनु र राज्यले राम्रो भिजन तर्जुमा गर्नुपर्नेमा खालि अन्य कुरामा अल्झिराख्नुले समस्या भएको हो । एकले अर्कालाई दोष दिएर बसेको देखिन्छ । पहिला यस्तो कु–संस्कारको अन्त्य गरी सबै आ–आफ्नो पक्षबाट बदलिनुपर्छ अनि मात्र मुलुक राम्रो हुने हो । जब घरमा पैसाको तङ्गी हुन्छ तब घरमा अभिभावकले गाली खानुपर्छ । अहिले देशको कहानी पनि यस्तै छ । नेताहरुले जनताको गाली खाइराख्नुपर्ने र सहेर बस्नुपर्ने, किनकि अर्को उपाय पनि छैन ।
देशमा विदेशी ऋणको भार र बेरुजु रकमको चाङ छ । लगानीको वातावरण छैन । महँगी, बेरोजगार, सामान आयातमा नियन्त्रणको अभाव देखिएको छ । यस्ता कारणले नै देश पछि परेको र सुस्त गतिमा गइराखेको छ । तैपनि राज्य यसप्रति गम्भीर छैन । आफ्नो संगठन बढाउने, अल्छी गर्ने, डाह गर्ने, फाल्तु कुराहरुमा अल्झने गरेको पाइन्छ ।
यता सर्वसाधारण यिनीहरुको हर्कतले राजा आएर एकपल्ट फेरि देश सम्हाले पनि हुन्छजस्तो आशा गर्छन् । तर जसले देशको नेतृत्व लिए पनि नेतृत्व लिनेहरुसँग राजनीतिक ज्ञान कम छ । शायद यही कारणले देश सुस्त र गफ अनि कलहमा गइराखेको छ । यसको खास कारण नै आसेपासेको इशारामा देश चलाइराखेकोले हो । नेतृत्व गर्नेहरुलाई गलत सुझाव दिएर राज्यलाई सुस्त बनाइराखेका छन् । जुन नेपाली जनताले अहिलेसम्म हेरिरहेका कुरा हुन् र सही पनि राखेका छन् ।
अहिलेको परिप्रेक्ष्यमा देशको केही विकास नभएको पनि होइन, राम्रा बुद्धिजीवीहरु राजनीतिक क्षेत्रमा नभएको पनि होइन, तर नपुग छ । यसैको असरले गर्दा हरेक क्षेत्रमा भद्रगोल, महँगी, बेरोजगारी समस्या भइराखेको छ । देशमा हाहाहुहुको लहरले लोकतन्त्र आए पनि राज्यले राम्ररी जनतालाई खुशी तुल्याउन सकेन ।
यसको मुख्य कारण ज्ञानको कमी, लोभ र घमण्ड नै हो । अब भने अति भएको छ । त्यस कारण यिनीहरुबाट देश राम्रो होला भनेर आशा नगरे पनि हुन्छ । आउने दिनका लागि हामीले महँगी, बेरोजगारी आदिका लागि राम्रा भिजन तयार गरी बस्नुपर्दछ । किनकि दिन सधैँ एकनासको हुँदैन । भोलिका दिनमा नयाँ, राम्रा बुद्धिजीवीबाट मुलुक राम्रो हुने हो कि भनेर आशा राख्न जरुरी छ ।
अहिले खाली जमिनहरु अझै शहर, तराई, गाउँहरुमा प्रशस्त नै छन् । यस्ता जमिनबाट राज्य, कृषक, धनी वर्ग र समाजले फाइदा उठाउन सक्नुपर्दछ । आउने नयाँ सरकारहरुले यस्ता जमिनमा लगानीको वातावरण बनाउने र लगानीकर्ताहरुलाई आह्वान गर्ने हो । यति मात्र होइन, राज्यको उदार नीति र कर छुट हुनु जरुरी छ ।
प्रशासनिक झमेला हुनुहुँदैन । विभिन्न कुराहरुको सहुलियत लगानीकर्ताहरुलाई दिन सक्नुपर्दछ । लगानीकर्ता, कृषक, उद्योग व्यवसायी आदि पनि इमानदार हुनु उत्तिकै जरुरी छ । अहिले देशमा जति पनि ठूला–ठूला प्रोजेक्ट खानी, जलविद्युत्, हवाई, पर्यटन क्षेत्रमा पनि कतिपय कुरामा राज्य अल्झेर बसेको छ । यस्ता कुरामा सरकार गम्भीर छैन, यदि हुने हो भने यी कुराले पनि देशमा बेरोजगार समस्या समाधानको लागि केही टेबा पु¥याउनेछ ।
अहिले देशमा जति पनि सामानहरुको उत्पादन हुन्छ, भारतबाट आउने सामान आयातले गर्दा देशका सामानको उत्पादन पछि परेको छ । यसले गर्दा पनि लगानीकर्तामा एकदम निराशा छाएको छ । यो पनि राज्य तथा सरकारहरुको नै कमजोरी मान्न सकिन्छ । त्यस कारण राज्यको उदार नीति र कर प्रणाली नै ठीक हुनु जरुरी छ । अर्कोतिर देशमा मासु बेच्ने तरिका राम्रो छैन, त्यसमाथि राँगाको मासु बेच्ने तरिका त झनै राम्रो छैन । राज्यले वधशालाको विकासका लागि लगानीकर्ताहरुलाई आकर्षण गर्न सक्नुपर्दछ । शुरुमा मासुको भाउ अलि बढे पनि मासु बिक्री वितरण तथा सरसफाइमा सिस्टमको विकास हुन्छ ।
हाम्रो जस्तो मुलुकमा पहाडमा मन्दिरहरु धेरै छन् । यस्ता ठाउँमा केबुल कारको विकास हुनुपर्दछ । तर विवाद हुन्छ भने त्यस्तो ठाउँमा केबुल कार राख्ने सोच राख्नुहुँदैन । सानो देश भए पनि अहिले देशमा चलचित्रको विकास पनि भइराखेको छ । त्यस कारण दर्शकहरुको आर्थिक समस्यालाई मध्यनजर गरी सस्तो टिकट दर हुने सिनेमाहरु खोल्न जरुरी छ । यसले हलवाला तथा सर्वसाधारण दुवै पक्षलाई फाइदा हुन्छ ।
अहिले देशमा होटल तथा रेस्टुरेन्टहरुको निकै विकास भएको छ । तर अहिलेको घडीमा के.एफ.सी. रेस्टुरेन्ट भनेजस्तै केही म्याकडोनाल्ड रेस्टुरेन्टहरुको लागि पनि व्यवसायी तथा राज्यले हौसला दिनुपर्दछ । यस प्रकारका रेस्टुरेन्ट पहिला पनि खोल्ने प्रयास भएको थियो । यस्तै मुलुकमा पुराना कैयौँ कलकारखानाहरु नाजुक अवस्थामा छन् ।
यसलाई पनि राज्यले पुनस्र्थापना गर्न सकेको खण्डमा देशमा केही रोजगार समस्या पक्का पनि हल हुन्छ भन्ने कुरामा दुई मत हुन सक्दैन । सर्वसाधारणका लागि व्यवसायी र लगानीकर्ताहरुले केही विषय अपनाई मनोरञ्जन, रोजगार तथा आर्थिक फाइदाको बाटो अपनाउन सकिन्छ । जस्तै– माछाघर, गोही पार्क, सर्प फार्म, ऐमेज्यूमेन्ट पार्क, सवारी पार्किङ आदि । तर राज्यले सधैँ लोभी नभई यस्ता लगानी गर्न चाहनेहरुलाई हौसला र प्रोत्साहन दिन सक्नुपर्छ ।
अन्त्यमा देशलाई शान्त, सुखी, धनी, रमाइलो बनाउने हो भने पहिला महँगी नियन्त्रण गर्नुपर्छ । साथै बेरोजगारी समस्या समाधान गरी राष्ट्रधनलाई बचाउनुपर्छ । यसका लागि देशको अभिभावकको रुपमा रहेको सरकार उदार हुन सक्नुपर्छ । सधैँ हनुमानहरुको मास्टर माइन्ड लिएर चल्नुहुँदैन, नकि खालि संघीय सरकार र आलु पार्टीहरुको मात्र विकास गर्ने हो, जसको नतिजा आम नागरिकले भोगिराखेका छन् । त्यस कारण स्मरण रहोस्, अब राज्य तथा नागरिकहरुले आफ्नो सोच बदल्न सक्नुपर्दछ । अनि मात्र मुलुक र आउने पुस्ताको भविष्य राम्रो हुने हो ।











प्रतिक्रिया