–अघिल्लो कार्य समितिले गर्न नसकेका काम गर्ने उम्मेदवारको प्रतिबद्धता
काठमाडौं ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ(वैरो)को आउँदो शुक्रवार हुने निर्वाचनका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुने छ ।
संघमा यसपटक दुई प्यानल सार्वजनिक गरिएको छ । केहीले भने स्वतन्त्र रूपमा उम्मेदवारी दिएको पाइएको छ । उम्मेदवारी दिने अघिकांश प्रतिनिधिले अघिल्लो कार्यसमितिले गर्न नसकेको एक मेनपावर कम्पनीले १ वर्षमा १ सय कामदार पठाउनुपर्ने, दूतावास प्रमाणितमा परेका समस्या, धरौटीबापतको रकममा प्याज दिनुपर्नेलगायत विषयलाई आफ्नो प्यालन विजयी भएपछि सबै समाधान घोषणा गरेका छन् । यसअघि नेकपा एमाले समर्थित राजेन्द्र भण्डारी अध्यक्ष हुनुहुन्थ्यो ।
अहिले उम्मेदवारी दिनेमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भुवनसिंह गुरुङले उम्मेदवारी दिनुभएको छ ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा संयुक्त व्यवसायी समूहको अध्यक्षमा संघका पूर्व महासचिव तथा मञ्चका पूर्वअध्यक्ष एचआर इन्टरनेसनल सर्भिस प्रा.लि.का सञ्चालक नरेश गेलालले उम्मेदवारी दिनुभएको छ । यसै गरी सफल युवा व्यवसायी ईश्वर सापकोटाले सचिव र अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
भुवनसिंह गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा.लि.का सञ्चालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा.लि.का सञ्चालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि.का सञ्चालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङ प्रा.लि.का सञ्चालक कुन्छा दोर्जे दिमदोङ र कोषाध्यक्षमा शुभ हारती मेनपावर प्रा.लिका सञ्चालक विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङ, इम्पेरियल ओभरसिज प्रा.लि.की सञ्चालक विद्यालक्ष्मी वज्राचार्य, हिमालयन भ्याली नेपाल प्रा.लि.का सञ्चालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का सञ्चालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का सञ्चालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा.लि.का सञ्चालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रा. लि.का कैलाश पाठक, ग्लोबल एचआर हब प्रा. लि.की सञ्चालक गीता राउत, युनिभर्स एच.आर. सोलुसन प्रा. लि.का सञ्चालक भरत सापकोटा, रिजा ओभरसिज प्रा. लि.की सञ्चालक रेखा शर्मा, इगल मेनपावर कन्सल्टेन्ट प्रा.लि.का सञ्चालक कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।
यसै गरी नरेश गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का सञ्चालक एवम संघका पूर्व महासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का सञ्चालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यू अल्फा एचआर प्रा. लि.का सञ्चालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का सञ्चालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल मेनपावर प्रा .लि.का सञ्चालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा.लि.की सञ्चालक धनु सिजालीले उम्मेदवारी दिएका छन ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा देउमान नेम्वाङ, राजेन्द्र बस्नेत, चन्द्र लिम्बू, हिमा गुरुङ, रमा खड्का, दिनेश बस्नेत, कामेश्वर साह राहुल, छत्र बस्नेत, युवराज देवकोटा र राजेश यादवले उम्मेदवारी दिएका छन । राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले गेलाल समूहलाई सघाउने र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यवसायीहरूको संगठन राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले नरेश गेलाल नेतृत्वको समूहलाई सघाउने भएको छ ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावल र राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका सचिव अरुणकुमार महतोबीच गेलाल नेतृत्वका उम्मेदवारलाई सघाउने सहमतिमा हस्ताक्षर भएको हो ।
प्रतिक्रिया