मेष: बिहान विवाद, कष्ट हुन सक्छ तर त्यसपछि भने कार्य सिद्धि, धन प्राप्ति होला ।
वृष: बिहान लाभ, सफलता होला तर त्यसपछि भने अपच, दौडधूप, विवाद हुने सम्भावना छ ।
मिथुन: तपाईंका लागि दिन उत्तम छ । धन लाभ, पराक्रम, प्रसन्नता, मान–सम्मान बढ्नेछ ।
कर्कट: दिन शुभ भएकाले उपहारादि वस्तु प्राप्ति, कार्य सफल, धन लाभ, सुख–सन्तोष होला ।
सिंह:बिहान धन हानि तर त्यसपछि सुख–सन्तोष, कार्य सफल हुने सम्भवाना प्रबल छ ।
कन्या: बिहान मिष्ठान्न भोजन, सुख तर त्यसपछि भने अस्वस्थता हुने सम्भावना छ ।
तुला: समय उत्तम छ । उपहारादि वस्तु प्राप्ति, कामकाज सफल, मिष्ठान्न भोजन हुने देखिन्छ ।
वृश्चिक: दिन शुभ छ । प्रतिष्ठा, राज्यबाट लाभ, सफलता, कार्य सिद्धि, स्वास्थ्य लाभ होला ।
धनु: बिहान कार्य बाधा भए पनि त्यसपछि भने राज्य वा सरकारबाट सुख, ऐश्वर्य वृद्धि हुनेछ ।
मकर: बिहान धन लाभ, सम्मान हुन सक्छ । त्यसपछि भने अस्वस्थताको सम्भावना देखिन्छ ।
कुम्भ: तपाईंका लागि समय उत्तम छ । आर्थिक लाभ, शत्रुमाथि विजय, पठनपाठनमा सफलता होला ।
मीन: दिन अनुकूल भएकाले कार्य सफल, स्वस्थता, आर्थिक लाभ, खेल–परीक्षामा सफलता हुन सक्छ ।
प्रतिक्रिया