नाबालिकसँग डेट गरेको आरोपमा आँशु झारे किमले


दक्षिण कोरियाली अभिनेता किम सू–ह्युन हाल विवादमा छन्। अभिनेत्री किम से–रोनसँगको सम्बन्धबारे आएका आरोपका कारण उनी चर्चामा छन्।

किम से–रोनको फेब्रुअरी १६ मा निधन भएपछि, केही मिडियाले किम सू–ह्युनले उनलाई नाबालिग अवस्थामा डेट गरेको आरोप लगाएका छन्। किम सू–ह्युनले यी आरोप अस्वीकार गर्दै उनीहरूबीचको सम्बन्ध किम से–रोन १९ वर्षको भएपछि मात्र सुरु भएको दाबी गरेका छन्। किम सू–ह्युनले केही अघि आयोजित पत्रकार सम्मेलनमा आफूले अभिनेत्री किम से–रोनलाई नाबालिग अवस्थामा डेट नगरेको स्पष्ट पार्दै आँसु झारे। उनले आफूविरुद्ध चलेका अफवाह अस्वीकार गर्दै झूटो आरोप नस्वीकार्ने बताए।

किम से–रोनको निधनपछि उनीहरुसँग सम्बन्धित केही युट्युब भिडियोमा किम सू–ह्युनले उनलाई कम उमेरमै डेट गरेको आरोप लगाइएको थियो। तर, किम सू–ह्युनले यी सबै प्रमाण नक्कली भएको दाबी गरे। उनले भने ‘मैले दिवंगत नाबालिक अवस्थामा डेट गरेको छैन र उनको निधनमा मेरो कुनै संलग्नता छैन।’

किम से–रोन सन् २००० को जुलाईमा जन्मिएकी थिइन्। जब कि दक्षिण कोरियामा सहमतिमै सम्बन्ध राख्ने न्यूनतम उमेर १६ वर्ष हो। किम सू–ह्युनले ५ वर्षअघि करिब एक वर्षसम्म किम से–रोनसँग प्रेमसम्बन्ध राखेको स्वीकारे तर, जब उनी नाबालिग थिइनन्। किमले एक प्रेस सम्मेलनमा यी आरोपबारे आफ्नो धारणा राख्दै, किम से–रोनसँँको सम्बन्ध नाबालिग अवस्थामा नभएको दाबी गरेका छन्। उनले आरोपहरू फैलाउनेमाथि कानूनी कारबाही गर्ने घोषणा पनि गरेका छन्।

यस विवादका कारण, प्राडा र डिन्टोजस्ता ब्रान्डले किम सू–ह्युनसँगको साझेदारी अन्त्य गरेका छन्। साथै, उनको आगामी ड्रामा नक–ओफको रिलिज मिति पनि स्थगित गरिएको छ। यो विवादले दक्षिण कोरियाली मनोरञ्जन उद्योगमा सेलिब्रिटीलाई कसरी व्यवहार गरिन्छ भन्ने विषयमा बहस उत्पन्न गरेको छ। किम से–रोनको निधनपछि, डिजिटल मिडियामा हुने उत्पीडन र अफवाहको प्रभावबारे चर्चा भइरहेको छ।