बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाली दर्शकमाझ प्रस्तुत हुने भएकी छन्।
नोरा आगामी जेष्ठ ३ गते हायात ग्राउण्ड, बौद्ध टुसालमा हुने नोरा फतेही लाइभ इन नेपालमार्फत नेपाली दर्शकमाझ प्रस्तुत हुन लागेकी हुन्।
वल्र्डवाइर्ड फिल्म नेटवर्क प्रालिको आयोजनामा शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ह्युमन रस्पेक्ट नेपालको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको हो।
नोरा फतेही लाइभ इन नेपाल उत्कृष्ट कार्यक्रम हुने दाबी इभेन्ट म्यानेजर मनिष कार्कीको छ। उनका अनुसार शोका लागि मुम्बईबाट नोराका साथमा २० बढी कोसर डान्सर प्रस्तुतिका लागि नेपाल आउनेछन्।
नोराका दिलबर दिलबर, कुसु कुसु, ओ साकी साकी, नाच मेरी रानी नाचजस्ता गीतमा जादुमय नृत्य गरेर दर्शकको मन जित्दै आएकी छन्।
प्रतिक्रिया