बागलुङबाट शुरू भयो जलाकी


यस वर्षको हिट सिनेमा खुस्माको निर्माण टिमले जलाकी नामक फिल्म निर्माण गर्ने भएको छ।

फिल्म टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो। अशोक थापा मगरले निर्देशन गर्ने फिल्मको पोखराको विन्ध्यावासिनी मन्दिरमा शुभ मुहूर्त गरी बागलुङको कालिका भगवती मन्दिरबाट छायांकन आरम्भ गरिएको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा शाम्बाला फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहनेछ। गायक सुशान्त केसीको चर्चित गीत बार्दलीबाट उदाएकी मोडल आकृति राजभण्डारीको यो डेव्यु फिल्म हुनेछ। कसैको सम्झना र मायाको प्रतीकको रूपमा मानिने जलाकी मगर समुदायको आस्थाको प्रतीक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ।

एम मिडिया प्रालिको ब्यानरमा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकीले निर्माण गर्ने फिल्ममा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारले अभिनय गर्नेछन्। फिल्ममा एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना तथा शैलेन्द्र डी कार्कीको डिओपी रहनेछ।