दक्षिण एसियाली टेटेका लागि खेलाडी छनोट


काठमाडौं ।

आगामी वैशाख ११ गतेदेखि १४ गतेसम्म नेपालमा हुन गइरहेको दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको छ ।

यही चैत २३ र २४ गते भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघले जनायो ।

जसअअनुसार यु १९ ब्वाइजतर्फ प्रवेश बस्नेत, गनन्जय दाहाल, हिमाल विष्ट र रुबिन महर्जन (वैकल्पिकमा) छनोट भए । यस्तै, गल्र्सतर्फ इभाना थापा, बियन्का राई, याङगी पौडेल र दिया देउला (वैकल्पिक) छनोट भए ।

यसैगरी यू १५ ब्वाइजतर्फ प्रजील भट्टराई, ज्याश्नु महर्जन, आर्यन शाही र रिजन शाक्य (वैकल्पिक) छनोट भए । गल्र्सतर्फ सुभश्री श्रेष्ठ, प्रजना महर्जन, सुरम्य शाक्य र शिया शाक्य (बैकल्पिक) छनोट भएका हुन् ।