छवि पुरी, दाङ ।
दाङको घोराहीमा भएको मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलको उपाधि पाल्पाले जितेको छ ।
शनिबार भएको फाईनल खेलमा पाल्पाले रुपन्देहीलाई ३–२ को सेटमा हराउँदै उपाधि उचालेको हो । योसँगैं पाल्पाले १ लाख र रुपन्देहीले ६५ हजार नगद पुरस्कार प्राप्त गरे । यसअघि बाँकेलाई ३–१ सेटले हराउँदै रोल्पा तेस्रो स्थानमा रह्यो । रोल्पाले नगद ३५ हजार र बाँकेले १५ हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी पाल्पाकी जीना राना घोषित भइन् । उनले नगद १० हजार हासिल गरिन् । यस्तै, विधागत रुपमा उत्कृष्ट भएकाले जनही नगद ५ हजार प्राप्त गरे ।
जसमा पाल्पाका दुमीसरा थारु सर्भर, दुर्गासरा गाहा डिफेन्स र बिनिता राना ब्लकरमा उत्कृष्ट भएका हुन् । यसैगरी, उत्कृष्ट सेटरमा दाङकी सीताबिक, उत्कृष्ट स्पाईकरमा रुपन्देहीकी ऋचा थापा घोषित भए ।
प्रतिक्रिया