काठमाडौं ।
नेपालकै पुरानो मध्येको एउटा फुटबल क्लब अन्नपूर्ण (आरसिटी) मा नयाँ कार्यसमितिले आइतबार एक विशेष कार्यक्रमबीच पदभार सम्हालेका छन ।
निर्वतमान अध्यक्ष सुरेशकाजी शाक्यले नव निर्वाचित अध्यक्ष राजेश श्रेष्ठलाई पदभार हस्तान्तरण गरेसँगै क्लबमा नयाँ कार्यसमितिले पदभार सम्हालेका हुन ।
नयाँ कार्यसमितिले शाक्यलाई क्लबको प्रमुख संरक्षक पनि घोषणा गरेको छ । नयाँ कार्यसमितिमा कुमार राजभण्डारी, नरेन्द्रबहादुर श्रेष्ठ र रविन महर्जन उपाध्यक्ष, रजेन्द्रप्रसाद श्रेष्ठ सचिव, अशोक मानन्धर सहसचिव तथा नरेश बैद्य कोषाध्यक्ष छन् । त्यस्तै, सदस्यमा चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर, रामचन्द्र श्रेष्ठ, बुद्धरत्न महर्जन र सन्तोष तुलाधर छन् ।
त्यसैगरी योगेशकुमार खड्गी पदेन सदस्य रहनेछन् । सोही कार्यक्रमको अवसरमा क्लबको संग्राहलय स्थापनामा सहयोग पु¥याउने सबैलाई सम्मान पनि गरिएको थियो । वि.सं १९८९ मा स्थापित अन्नपूर्ण क्लब (आरसिटी) नेपाली फुटबलकै सबैभन्दा सफल क्लबका रूपमा रहेको छ ।
प्रतिक्रिया