काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन्। सहकारी ठगी प्रकरणमा सभापति रबि लामिछाने पुन: पक्राउ परेपछि अर्यालले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन्।
उच्च अदालत, बुटबलले लामिछानेलाई पुन: थुनामा राख्ने आदेश दिए पछि हिजो साँझ उनी पक्राउ परेका थिए ।
पक्राउ परे लगत्तै सभापति लामिछानेले कार्यबहाक सभापतिको जिम्मेवारी अर्याललाई दिएको रास्वपाले जनाएको छ ।
लामिछानेलाई आजै रूपेन्देेही लगिदैछ । हिजो रातभर उनी काठमाडौं हिरासतमा थिए ।
प्रतिक्रिया