सर्बिया पठाइदिने भन्दै ३२ लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौँ।

प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै ३२ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकल रहेका छन्।

सुरेशले सर्बिया पठाइदिने भन्दै पाँचजना पीडितहरूबाट ३२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँको बौद्धबाट उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका सुरेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ।