प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो


काठमाडौं ।

प्रि ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेको छ । यससँगै सूचक २७००.२३ विन्दुमा आएको छ । १९ लाख ५८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ३ हजार १ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५६ वटा कारोबार भएको हो । १२ कम्पनीको मूल्य बढ्दा २१ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।