सिन्धुलीमा ईभी र मोटरसाइकल ठोक्किँदा ११ जना घाइते


काठमाडौं ।

सिन्धुलीको दुधौली नगरपालिका-४ एकहटियामा मोटरसाइकल र ईभी गाडी एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

उदयपुरबाट काठमाडौं जाँदै गरेको बा–प्र ०३–०१–४४५ नं को ईभी गाडी र डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको प्र २–००१–प७०११ नं मोटरसाइकल एकआपसमा ठाेक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको सिर्थौली नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । सामान्य घाइते अवस्थाका ईभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।