आइएफआरसीद्वारा नेपाल रेडक्रसका अध्यक्ष नेपालसहित ५ पदाधिकारी निलम्बन


काठमाडौं ।

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ।

अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो। अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो।

गत कात्तिकमा नेपाल रेडक्रस सोसाइटीमा दलीय भागबन्डाको आधारमा पदाधिकारी नियुक्ति गरिएको थियो, जसमा विभिन्न दलका प्रतिनिधिहरुका थिए। निलम्बित व्यक्तिहरूले यस भागबन्डामा हस्ताक्षर गरेका थिए, जसका कारण उनीहरूलाई आइएफआरसीले निलम्बन गरेको हो।