महिला सशक्तीकरणसम्बन्धी नबिल बैंकका कार्यक्रम


काठमाडौं ।

नबिल बैंकले महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैंगिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम गरेको छ ।
कार्यक्रममा ‘द सि–सिफ्टः नेभिगेटिङ ब्यारियर्स एण्ड क्याटलाइजिङ लिडरसीप’ शीर्षकको समूहगत छलफलका क्रममा वक्ताले महिलाहरुले पनि विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने र त्यसका लागि योग्य भएकामा जोड दिएका छन् ।

नबिल बैंकले मार्च महिनाभर लैंगिक समानता प्रवद्र्धन, महिला सशक्तीकरण, जनचेनता अभिवृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

बैंकले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ जना महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो ।

साथै मधेस प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० जना कर्मचारीलाई अभिवृद्धि गरेको थियो । साथै नबिलले बैंकमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो ।