गुणराजले अस्ट्रेलियामा प्रशिक्षण दिने


काठमाडौं ।
नेपालीमुवाँथाई खेलाडी गुणराज रुचालले अस्ट्रेलियाको पर्थस्थितलिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर पाएका छन् ।

विदेशीभूमिमा प्रशिक्षण दिनपाएकोमाखुशीहुँदै गुणराजले बताए –‘खेलाडीका रूपमा मैले थुप्रै राष्ट्रिय तथाअन्तर्राष्ट्रिय प्रतियोगिता खेले । पदकपनिजिते ।अबप्रशिक्षकका रूपमानयाँअध्याय शुरूगर्दैछु । त्यो पनिविदेशीभूमिमा । मलाई यो अवसर प्रदानगर्नु भएकोमा एकेडेमीकाप्रबन्धनिर्देशक डेनियल डसनलाई धेरै धेरै धन्यवाददिन चाहन्छु ।’

गतभदौमा गुणराज केही समय लिजेन्ड्स एकेडेमीसँगजोडिएका थिए । त्यसबेलाउनले लिजेन्ड्समै विशेष प्रशिक्षण लिएकाथिए । गुणराजले करिब १२ बर्ष ६ महिनाअवधि सेनामा रहेर हालै उपदानमा राजिनामादिएकाथिए । करिब एक दशकको मुवाँथाई यात्रामा ३२ वर्षीय गुणराजको मुख्यउपलब्धिभनेको १ वर्षअघि बैंककमाभएको १९ औं विश्वमुवाँथाई च्याम्पियनसिपमाजितेको स्वर्ण हो ।

उनले सेमीप्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेकाथिए । त्यो स्वर्ण नेपालीमुवाँथाईको इतिहासमाकुनैपनि खेलाडीले सेमीप्रोमाजितेको एक मात्र स्वर्ण हो । १९ औं संस्करणअघि गुणराजले १७औं र १८ औं संस्करणको विश्वच्याम्पियनसिपमाकांस्य जितेकाथिए । उनी १३ औं र १५ संस्करणको विश्वच्याम्पियनसिपमापनि सहभागीभएकाथिए । यी सबै विश्वच्याम्पियनसिप थाइल्यान्डमा भएको थियो ।

गुणराजविभिन्न समयमाभएका नेपालमुवाँथाई च्याम्पियनसिप, टप ५ मुवाँथाई प्रो फाइट, तेस्रो, चौथो र आठौं संस्करणको इन्डो–नेपालमुवाँथाई च्याम्पियनसिप र तेस्रो केब्यागअन्तर्राष्ट्रिय मुवाँथाई च्याम्पियनसिपका स्वर्ण विजेताहुन् । पाँचै प्रतियोगिता नेपालमाभएको थियो ।

उनी थाइल्यान्डमै भएको प्रोफेसनलमुवाँथाई फाइट र फेयरटेक्स प्रोफेसनल फाइटका विजेताहुन् । उनले २०१६, २०१८ र २०२२ को वर्ष उत्कृष्ट मुवाँथाई खेलाडीको अवार्ड जितेका छन् । उनले कम्बोडियामा भएको दोश्रो विश्वकुन्खेमरमापनि नेपालको चुनौती प्रस्तुत गरेकाथिए ।