बिमस्टेकमा भाग लिने क्रममा प्रम ओली थाइल्यान्डमा

कावा प्रमको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई


काठमाडौं ।


प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार थाइल्यान्डको बैंकक पुग्नुभएको छ ।

यता प्रधानमन्त्री ओली विदेश प्रस्थान भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाउनुभएको छ ।

प्रम ओलीलाई बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पतीलगायतले स्वागत गर्नुभएको थियो । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ थान शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।