५ दिनभित्र तलब नदिए संघर्ष गर्ने चेतावनी

कामपामा सबै कर्मचारी संगठन एकजुट

11.84k
Shares



५ हजार कर्मचारीले ३ महिनादेखि तलब पाएनन, आर्थिक गतिबिधि ठप्प
सचिवालयका सदस्यको हस्तक्षेपले समस्या भएको कर्मचारी संगठनका निश्कर्ष
मेयर साहबिरुद्ध पहिलोपटक आन्दोलन

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहकोपछिल्लो गतिबिधिप्रति दिक्क भएका सबै कर्मचारी संगठनले ५ दिने अल्टिमेटम दिएका छन् ।

ती संगठनले मेयर साहले अभिभावकीय भुमिका खेल्न नसकेको र अनधिकृत व्यक्तिको मौखिक आदेशबाट कामगर्न कर्मचारीलाई दबाब दिइएको भन्दै संयुक्तवक्तव्य जारीगरेका छन् । उनीहरुले मेयर साहकै कारण तीनमहिनादेखि तलब पाउन नसकेको उल्लेख गर्दै ५ दिनभित्र तलब नदिए कडा आन्दोलनगर्ने चेतावनी दिएका छन् ।

आइतवार चारवटा कर्मचारी संगठनहरुले वक्तव्य जारीगर्दै महानगर प्रमुख जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले समन्वयात्मक भूमिका खेल्नुको साटो उत्तेजित शब्दावली प्रयोग गरेर थप समस्या सिर्जना गरिरहेको आरोप लगाएका छन् ।

विज्ञप्ति जारीगर्नेहरुमा स्थानीयतह कर्मचारी यूनियनका अध्यक्ष नरवहादुर साउद,स्थानीयतह कर्मचारी संघ नेपालका महासचिव शम्भु बराल,परिषद अध्यक्ष उत्तमकुमार घले र सफाई श्रमिक संघकी अध्यक्ष रमिला पुजारीले छन् । लामो समयदेखि मेयर साहको सचिवालयको धम्की सहेर बसेका ती कर्मचारी संगठनले मेयर साहको विरुद्धमा पहिलोपटक विज्ञप्ति जारी गरेका हुन ।

मेयर साहका स्वकीय सचिव भुपदेव शाह, कुमार ब्यञ्जनकार,सुदिप ढकाल, सन्तोष पाण्डे, शैलेन्द्र झा, नविन भण्डारी, विनय शाक्य लगायत सचिवालयका सदस्यले विभागीय प्रमुखदेखि तल्लातहका कर्मचारीलाई समेत धम्की दिनेगरेको आरोप छ ।

ठुला भवनको नक्सा पासको चाजोपाजो मिलाउने सन्तोष पाण्डे, वातावरण विभागको सम्पुर्ण कामको जिम्मा लिएर जिनर्देशन दिने र भारतीय कर्मचारीलाई श्रम स्वीकृत नलिइ जागिर दिलाउने भुमिकामा रहेका सुनिल लम्सालदेखि सबै सदस्यले विभागीय र महाशाखा प्रमुखको सबै निर्णयमाथि हस्तक्षेप गर्ने गरेका छन् । मेयर साहले सचिवालयका सदस्यकै सल्लाहमा प्रमुख प्रसासकीय अधिकृत सरोज गुरागाईमाथि कारबाही गर्न खोजेका थिए ।

छानबीन प्रतिवेदन बुझाउन नसकेर सबैतिर निदोर्ष देखिएपछि सरकारले सहसचिव गुँरागाईलाईनै कामपामा पठाएको थियो । तर आफ्नो बदनाम हुने डरले सचिवालयको सदस्यको सल्लाहमा उहालाई हाजिर गर्न नदिएको हो–स्रोतले भन्यो । सचिवालयका सदस्यले कर्मचारीमाथि पेलेर राजगर्न थालेपछि सबै संगठनले विज्ञप्ति जारी गरेको हो । सचिवालयका सदस्यले अतिगर्ने र मेयर साहले सरकारविरुद्ध सामाजिक सञ्जालमा मनपरी लेख्न थापेपछि आक्रोशित कर्मचारी संगठनलृले पहिलो पटक विज्ञप्ति जारी गरेको हो ।

मेयर साहले आन्तरिक रुपमै सल्लाहकारलाई विभागको जिम्मेवारी दिने र उनीहरुसंग सोधेरमात्र विभागीय प्रमुखले काम गर्नुपर्ने जस्ता मनोमानी गर्न थालेपछि कर्मचारी आन्दोलित भएका हुन्–ती कर्मचारीले भने । उनीहरुकै कारण मेयर साह वदनाम भएका हुन, यस्तै अवस्थारहे सचिवालयको सदस्यविरुद्ध कडा आन्दोलन गर्नेछौ–एक कर्मचारीले भने । ५ दिनको अल्टिमेटम दिएका छौ, २२ गतेसम्म करिब ५ हजार कर्मचारीको ३ महिनादेखि रोकिएको तलब र सचिवालयको हस्तक्षेप नरोके कडा संघर्षमा उत्रने तयारी गरेका छौ–संगठनका एक अधिकारीले भने

प्रशासकीय अधिकृत गुँरागाईलाई अपमाजनक ढंगले काम गर्न रोक लगाएर मेयरले समस्या सिर्जना गरेको , व्यक्तिको मौखिक आदेश निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा अहिलेको समस्या पैदा भएको र अनधिकृत व्यक्तिहरुबाट कर्मचारीलाई त्रास सिर्जना गरिएको समेत बताएका छन् । कर्मचारीले ५ महिनादेखि तलब नपाएको तर समस्या समाधानमा मेयर गम्भीर नभएको उनीहरुको आरोप छ ।

मेयर साहले प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि अपुष्ट आरोप लगाएर कार्यालय प्रवेशमा रोक लगाएपछि महानगरपालिका प्रशासकीय अधिकृत नेतृत्वविहीन छ । गुरागाईमाथि छानविन गर्न गठित समितिले दोषी नदेखाए पनि मेयरले अर्को प्रशासकीय अधिकृत मागेका छन् । सरकारले गुरागाईलाई हाजिर गर्न पठाउँदा समेत रोकेका छन् । सरकार र मेयर साहको कारण कामपा अस्तब्यस्त भएको छ । आर्थिक गतिविधि ठप्प छ ।

मेयरको इगोका कारण कर्मचारीले तलब नपाएको,पुर्वाधारको काम ठप्प भएको र महानगरको प्रशासकीय काम नभएको भन्दै कर्मचारीले आन्दोलनको चेतावनी दिएका हुन् । मेयर साह र सचिवालयको कारण प्रधानमन्त्री कार्यालयमा समेत गम्भीर प्रकृतिका १४ बढी उजुरी परेका छन् ।