११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ


इलाम।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका-६ तोरीबारी बस्ने ५१ वर्षीय हेम बहादुर विश्वकर्मालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हेम बहादुरले ती बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।