आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै


काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस प्रिन्सिपल कार्यालयमा आज स्ववियु निर्वाचन हुँदैछ। चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो ।

६ हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको केन्द्रीय क्याम्पसमा विद्यार्थी भोटिङ मेसिनमार्फत मतदान हुनेछ। नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो । त्यसपछि नेविसंघबाट दीपकराज जोशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका थिए भने अनोज कार्कीको उम्मेदवारी रद्द गरिएको थियो।

त्यसपछि चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो। चैत १६ गते अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी गरेपछि त्रिविले आजका लागि निर्वाचनको मिति तय गरेको थियो।