विपक्षीको अवरोध कायमै रहेपछि संसद बैठक स्थगित


काठमाडौँ।

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले बैठक अवरोध गरेका थिए ।

त्यसपछि सूचना टाँस गरेर ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । ३ बजेपछि फेरि बैठक सुरु भए पनि विपक्षीको अवरोध कायमै रह्यो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालका लागि सहयोग गर्न आह्वान गरे पनि विपक्षी दलहरू आफ्नो मागमा अडिग रहे र नारावाजी गरिरहे । त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् । बैठक बिहीबार बिहानसम्मका लागि स्थगित भएको छ ।