प्राधिकरण अगाडि कुलमानका समर्थक र प्रहरीबिच धकेलाधकेल


काठमाडौँ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले गरेको बर्खास्तीविरुद्ध आज पनि प्रदर्शन भएको छ। बुधबार कुलमान समर्थकले विद्युत् प्राधिकरण अगाडी प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल भएको छ।

सोमबारको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यले मङ्गलवार नै पदभार ग्रहण गरिसकेका छन् ।