काठमाडौँ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्ती गर्ने सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने कुलमान घिसिङको तयारी रहेको छ ।
नेपाल समाचारपत्रसँग संक्षिप्त कुराकानी गर्दै घिसिङले सरकारको निर्णयविरुद्ध आफू कानुनी उपचारमा जाने बताए ।
अहिले आफू कानुनी परामर्शमा रहेको भन्दै उनले छिट्टै कानुनी उपचारमा जाने बताए । मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई बर्खास्ती गर्ने निर्णय गरेको थियो । सञ्चार माध्यमहरुमा घिसिङलाई बर्खास्ती गरेको समाचार सोमबार राति नै आए पनि सरकारले भने मंगलबार अबेर मात्रै औपचारिक जानकारी दिएको थियो ।
घिसिङले आगामी साउनमा आफ्नो दोस्रो कार्यकाल पूरा गर्दै थिए । डेडिकेटर फिडर र ट्रंक लाइनको महसुल बक्यौता, भारतबाट विद्युत् खरिद गर्नेलगायतका विषयमा घिसिङको सरकारसँग मतभिन्नता रहेको थियो । सोही कारण सरकारले घिसिङसँग आधा दर्जन स्पष्टीकरण सोधेको थियो ।
प्रतिक्रिया