काठमाडौं ।
राजस्व अनुसन्धान विभागले एक मदिरा व्यवसायीविरुद्ध कर छली गरेको पाएपछि साढे ५ करोडको मुद्दा दायर गरेको छ ।
विभागले काठमाडौंको कागेश्वरी मनोहरामा रहेको संस्कार ट्रेडर्सका सञ्चालक सिन्धुपाल्चोक इन्द्रावतीका होमप्रसाद चालिसेविरुद्ध साढे ५ करोडको मुद्दा दायर गरेको हो ।
चालिसेको फर्मले मदिराको कारोबार गर्दा बिलबिजक जारी नगर्ने गरेको र यसबाट मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्तःशुल्क छली भएको निष्कर्ष निकाल्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध भ्याटतर्फ २ करोड २५ लाख रुपियाँ तथा अन्तःशुल्कतर्फ ५० लाख ३६ हजार रुपियाँसहित कुल २ करोड ७५ लाख रुपियाँ बिगो कायम गरिएको छ । उक्त बिगो र त्यति नै बराबरको जरिवाना मागदाबी गर्दै मुद्दा दायर भएको विभागले जनाएको छ ।
प्रतिक्रिया