काठमाडौँ।
काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार रुद्रहरी पोखरेलको प्यानलै विजयी भएको छ । नेविसंघका राजु मास्टर (लामिछाने) र क्रान्तिकारीका विश्राम शर्मालाई हराउँदै पाखरेलको प्यानलै विजयी भएको हो ।
सचिवमा गोपालबहादुर शाही, कोषाध्यक्षमा विवेक कोइराला र सदस्यहरुमा गोकर्ण साउद, सिजन पन्त, साधना सिग्देल, गणेश शाही, प्रशन्न चिलुवाल, ग्रिस्मा पन्त र विनय ढकाल विजयी भएका हुन् ।
आज भएको मतदानमा १२ सय ९१ मत खसेको थियो। त्यहाँ १९४८ मतदाता रहेको थिए । ३२६ मतान्तरले अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानलले नै विजय हासिल गरेको हाे ।
यसअघि चैत ५ गते नै तय भएको स्ववियु निर्वाचन विवादका कारण स्थगित भएको थियो ।
प्रतिक्रिया