एकजुट भएर सर्वसम्मत नेतृत्व चयन गर्न महासचिव पोखरेलको निर्देशन

प्रेस चौतारीको महाधिवेशन उद्घाटन 


काठमाडौं। 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रेस चौतारीमा नेतृत्व चयन गर्दा एकजुट भएर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । महासचिव पोखरेलले प्रेस चौतारीको १० औं राष्ट्रिय महाधिवेशनको आइतबार विराटनगरमा उद्घाटन गर्दै सर्वसम्मतिमा नेतृत्व चयन गर्दा नै प्रेस चौतारी बढी मजबुत र सुदृढ हुने बताए ।  

 महासचिव पोखरेलले प्रतिस्पर्धा र एकता कतिबेला गर्ने भन्ने विषय समयमा नै बुझ्न नसके त्यसले संगठन कमजोर हुन सक्ने र आगाामी दिनमा  काम गर्न असहज हुने भएकाले समयमा नै विचार पु¥याएर सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताए ।

 महासचिव पोखरेलले  हिजोको विभाजनको पीडा व्यहोरेकाहरु पनि फर्केर आएकाले व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याए । सर्वसम्मत नेतृत्व चयनमा जोड दिदै महासचिव पोखरेलले भने ‘आवश्यक प¥यो भने भानुभक्त ढकाल, राजेन्द्र गौतम तपाईंहरुको बीचमै रहनुहुन्छ । मलाई लाग्छ, उहाँलाई खोज्ने अवस्था नै नआओस् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नुहोला यो नै अहिलेको आवश्यकता हो । ’एकताबद्ध, छरितो र चुनौतीको सामना गर्नसक्ने गरी सशक्त  संगठन बनाउन पोखरेलले  आग्रह गरे ।