काठमाडौं ।
महोत्तरीमा एक पुरुषको हत्या भएको छ।
गौशाला नगरपालिका-८मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको हो।
शव शुक्रबार साँझ साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार मृतक धनुषा क्षिरेश्वर नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतो हुन्। महतोको शव विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरी रहेएको छ ।
प्रतिक्रिया