काठमाडौँ।
राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक खड्कालाई जनताको चित्त बुझ्ने गरेर राम्रो काम गर्न सुझाव दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ऊर्जामन्त्रीलाई कुलमान घिसिङले भन्दा राम्रो काम गरेर जनताको मन जित्न सुझाव दिएका हुन्।
‘ऊर्जामन्त्री ज्यू, कि त कुलमान घिसिङले भन्दा जनताको चित्त बुझ्ने गरेर राम्रो काम गर्नुहोस्। नत्र भने माफी माग्नुहोस्, माफी दिन्छन् जनताले,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।‘अर्थतन्त्र ध्वस्त भएपछि देश मर्छ र खत्तम हुन्छ । २१औं शताब्दीमा विद्युत् भनेको कुनै पनि देश निर्माण गर्ने र देश बचाउने एउटै मात्र शक्ति हो । विद्युत भएन भने देश कस्तो होला भनेर आँखा चिम्म गरेर एक मिनेटसम्म कल्पना गर्नुहोस् त । मर्न लागेको नेपाल विद्युत् प्राधिकरण अहिले बचेको छ । अहिलेको ऊर्जामन्त्री जस्तो विवेकहीन र लोभी–पापी व्यक्तिले अहिलेसम्म भित्रभित्रै कति भ्रष्टाचार गरे होलान् भनेर सजिलै अनुमान गर्न सकिन्छ । राम्रो काम गर्ने व्यक्तिलाई हटाउन मरिमेटेर लाग्ने मन्त्रीलाई भोट दिने जनताहरूले एक पटक सोच्नु होस् । अहिलेको जमानामा दिउँसै रात पार्न खोजेका छन् गाँठे ।’
प्रतिक्रिया