पूर्वराजा शाहद्वारा गोरखनाथ मन्दिरमा पूजाअर्चना


काठमाडौँ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजाअर्चना गरेका छन् । गणतन्त्र स्थापना भएपछि पहिलो पटक पूर्वराजा शाहले गोरखादरबार पुगेर आज गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको छ ।

सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए । पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि उनी आजै कुरिनटार जाने कार्यक्रम रहेको बताइएको छ ।